धनगढी पोष्ट
शनिबार, ११ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । कैलालीको टीकापुर नगरपालिकाबाट प्रहरीे खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नबर १ सिमतडी घर भई टिकापुर नगरपालिका १ जमरापारीस्थित वर्कसप गरी बस्ने २६ वर्षीय उमेश चौधरीलाई उनको वर्कशपमा नै लुकाएर राखिएको लागु औषध खैरो हेरोईन सहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध लुकाएर राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ५ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागु फेला परेको हो ।