धनगढी पोष्ट
आइतबार, १२ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भीम रावलको पक्षमा प्रचार÷प्रसार गर्ने तथा पर्चा वितरण गर्ने प्रतिनिधिलाई सम्मेलन स्थलबाट बाहिर निकालिएको छ ।
पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।
बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले ‘मेरो उम्मेदवारी किन’ लेखिएकोे पर्चामा वितरण गरिरहेका थिए ।