धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

कन्चनपुर कांग्रेसका सभापतिमा लेखक पक्षका  बोगटीको अग्रता

कन्चनपुर कांग्रेसका सभापतिमा लेखक पक्षका  बोगटीको अग्रता

महेन्द्रनगर । पदम बहादुर बोगटीले नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा ८२ मतले अग्रता लिएका छन् । १२ सय मत गणना हुँदा बोगटीले ६ सय २४ मत प्राप्त गरेका बोगटीलाई प्रतिस्पर्धी  बहादुरसिंह थापाले ५ सय ४२ मत ल्याएर पछ्याइरहेका छन् ।

बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पक्ष र थापा एनपी साउद र दिवान  बिष्ट पक्षका उम्मेदवार हुन् ।

उपसभापतिमा शंकर बहादुर चन्दले ५ सय ८०, मीनबहादुर सिंहले ५ सय ९६, हरिचन्द्र रानाले ५ सय ७५ र दिवाकर पाण्डेयले ४ सय ४२ मत प्राप्त गरे । सचिबमा सिद्धराज भट्टले ५ सय ५१, हेमराज ओझाले ५ सय ४७भिमराज भट्टले ५ सय ५०, जनक धामीले ५ सय २५ र तर्कराज भट्टले १ सय ३ मत पाएका छन् ।

सहसचिवमा नाफुसिंह साउदले ५ सय ६३ पुष्कल चौधरीले ५ सय २३, कबिराज भट्टले ५ सय ५, हरिप्रसाद अधिकारीले ४ सय ७३ र कलक बहादुर सिंहले २ सय २२ मत प्राप्त गरेका छन् । कूल १ हजार ६ सय १८ मा  १ हजार ५ सय ७१ मत खसेको थियो । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए ।