धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

माओबादी धनगढी नगर कमिटिको सचिवमा रमेश भट्टराई

माओबादी धनगढी नगर कमिटिको सचिवमा रमेश भट्टराई

धनगढी । नेकपा माओबादी केन्द्रको धनगढी नगरकमिट सचिवमा युवा नेता रमेश भट्टराई निर्विरोध चयन भएका छन् ।

शनिबार देखी भएको माओबादी केन्द्रको पालिका अधिवेसन अन्तरगत धनगढी नगर सचिवमा भट्टराई सर्वसम्मत सचयन भएका माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य रमेश धामीले बताए । यसैगरी कोषाध्यक्षमा पनि सुर्य शर्मा निर्विरोध चयन भएका उनले बताए ।

धामीका अनुसार नगरकमिटि अध्यक्ष, उपाध्यक्ष र सहसचिवका लागि भने सर्व सम्मतको प्रयास भइरहेको छ । सो पदमा धेरै व्यक्तिले आकांक्षा राखेपछि सर्वसम्मतकिो प्रयास जारि रहेको उनले बताए । नगर कमिटि अध्यक्ष, उपाध्यक्ष र सहसचिव छनौटका लागि १६ गते सम्म समय तोकिएको उनले बताए । धनगढीउपमहानगरपालिकामा ७२ सदस्यीय कमिटि निर्माण गनुपर्ने छ, उनले भने,‘अध्यक्ष, उपाध्यक्ष र सहसचिव बाहेक अन्य पदाधिकारी र सदस्य छनौटको टुङ्गो लागिसकेको छ ।