धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

तरुण दलका  पुर्व उपाध्यक्ष शाह द्धारा केन्द्रीय सदस्यमा उम्मेदारी घोषणा

तरुण दलका  पुर्व उपाध्यक्ष शाह द्धारा केन्द्रीय सदस्यमा उम्मेदारी घोषणा

धनगढी । नेपाल तरुणदलका पुर्ब उपाध्यक्ष युवा नेता  कमल बहादुर शाहले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदारी दिने घोषणा गरेका छन् । कैलाली स्थित लम्कीमा पत्रकार सम्मेलन गदै नेता शाहले केन्द्रीय सदस्य पदको लागि उम्मेदारी दिने घोषणा गरेका हुन् ।

नीति र नेतृत्वमा हाम्रो प्रबेश, शसक्त काग्रेस समृद्ध देश भन्ने मूल नाराका साथ आफुले १४ औं महाधिबेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदारी दिने शाहले बताए । उनले आफु विद्यार्थि जीवन देखिनै नेपाल विद्यार्थि संघ, नेपाल तरुणदलको बिभिन्न बिभागमा रहेर काम गरीसकेको र ९ औं महाधिबेशन देखि पार्टिको महाधिबेशन, महासमिति सदस्य भएर काम गरेको बताउँदै पार्टीलाई थप शसक्त बनाउन १४ औं महाधिबेशनमा आफुले केन्द्रीय सदस्यको उम्मेदारी दिनलागेको बताए ।

देशलाई सहि दिशामा डोर्याउन आगामि निर्बाचनमा नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएको र कांग्रेसलाई बलियो बनाउन नेतृत्वमा युवाको उपस्थीति आवश्यक रहेको देखिएपछि आफुले उम्मेदवारी दिने घोषणा गरेको उनले बताए । उनले आफु केन्द्रीय सदस्यमा विजयी भए कांग्रेसलाई जनमुखि, संगठित, ब्यवस्थीत बनाउने अभियान अगाडि बढाउने बताउदै पार्टीलाई युवा मैत्री बनाउन काम गर्ने बताए ।