धनगढी पोष्ट
बिहिबार, १६ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । पशिचमि वायु सक्रिय हुँदा सुदूरपशिचम लगायत देशभरका हिमाली क्षेत्रमा आज हिमपातको संभावना रहेकोे मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण सुदूरपश्चिम भर बदली रही उच्च हिमाली क्षेत्रमा हिमपात हुनका साथै एक, दुई स्थानमा बर्षा हुन सक्ने मौसन विदले जनाएका छन् । हिमपात र बदलीका कारण चिसो बढ्ने छ ।
मौमसविद् समिर श्रेष्ठका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।
भोलि पनि मौसम यस्तै रहने र पर्सिदेखि भने मौसम केही खुल्ने अनुमान गरिएको उनले बताए । हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान उनको सुझाव छ ।