धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026
नेपाली कांग्रेसको प्रदेश अधिवेसन

राजसमझ चौधरीद्वारा प्रदेश सदस्यमा उम्मेदवारी घोषणा

राजसमझ चौधरीद्वारा प्रदेश सदस्यमा उम्मेदवारी घोषणा

धनगढी । नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट महाँधिवेसन प्रतिनिधीमा निर्वाचित राजसमझ चौधरीले कांग्रेसको प्रदेश सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाँधिवेसन अन्तरगत आज देखि सुरु हुने प्रदेश अधिवेसनमा चौधरीले थारु कोटाबाट प्रदेश समिति सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कैलालीको कैलारी गाउँपालिका–४ का स्थानीय राजसमझले आफु विद्यार्थी काल देखिनै नेविसंघ हुँदै नेपाली कांग्रेसको सक्रिय राजनीति गरिरहेकाले प्रदेश सदस्यमा उम्मेदवारी दिने बताए । उनले आफु र आफ्नो परिवार राजनीतिबाट पिडित रहेको पनि बताए । उनले भने–‘मेरा स्वर्गिय दाजु रामसमझले नेपाली कांग्रेसमा लामो समय सक्रिय रहेपनि कुनै पद पाएनन्, उहाँमाथी अन्याय भयो, दाजुको मार्ग निर्देशन अनुसार नै अहिले मैले पदको आकांक्षा राखेको हु ।’

राजसमझ कैलाली बहुमुखि क्याम्पसमा नेविसंघका तर्फबाट स्ववियू उप–सभापतिमा समेत निर्वाचित भएका थिए । उनि गत स्थानीय निर्वाचनमा झिनो मत अन्तरले कैलारी गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए ।