धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

रेडक्रसका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

धनगढी,

   सुदूरपश्चिम प्रदेशमा पहिलो पटक रेडक्रस सोसाईटीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

    धनगढी प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा आज एक जना रेडक्रस कर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो । ती व्यक्ति धनगढी५ बस्दै आएका हुन्  । ४४ बर्षे ती व्यक्ति नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीमा कार्यरत हुन् । उनी धनगढीका विभिन्न क्वारेण्टाइनमा डस्टबिनको व्यवस्थापन तथा क्वारेन्टिनमा बस्ने नागरिकलाई राहत सामाग्री बाड्ने काम गर्दै आएका थिए ।

   नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापति उत्तम जोशीका अनुसार आज कोरोना संक्रमण पुष्टी भएका ती कर्मचारीले धनगढीका केही क्वारेन्टिन बाहिर सम्म फोहोर फाल्ने डस्बिन पुरयाउने र त्यसको व्यवस्थापन गरेका थिए ।

  रेडक्रस कर्मीमा कोरोना देखिएपछि थप सावधानी अपनाईने र अन्य कर्मचारीको पनि स्वाव परिक्षण गर्ने तयारी भइरहेको सभापति जोशीले बताए ।