धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025
नेपाली कांग्रेसको प्रदेश अधिवेसन

इतर समुह पनि उम्मेदवारी दिने

इतर समुह पनि उम्मेदवारी दिने

धनगढी । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाँधिवेसन अन्तरगत पहिलो पटक हुन लागेको प्रदेश अधिवेसन अन्तरगत सुदूरपश्चिममा संस्थापन इतर समुहबाट पनि उम्मेदवारी पर्ने भएको छ ।

बिहीबार सम्म देउवा पक्षबाट प्रदेश सभापति र अन्य पदाधिकारीका लागि ५ जना आकांक्षि रहेका थिए । तर शुक्रबार सम्म थप आकांक्षि हुने र देउवा समुह विचनै प्रतिष्पर्धा हुने देखेपछि त्यसको फाइदा उठाउँदै संस्थापन इतर समुहले कैलालीका नारायणदत्त मिश्रको नेतृत्वका छुट्टै प्यानल बनाएको छ । देउवा समुहमै रहेको  कांग्रेस सुदूरपश्चिमका प्रभावशाली नेता रमेश लेखक र एनपि साउँदको तिब्र प्रतिष्पर्धा कारण मनोनयन दर्ता हुने दिन आज संस्थापन इतर समुहले आफ्नो टिम बनाएको छ ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि रमेश लेखक समुहबाट कैलालीका नरनाराण्या शाह (मन) हिमबहादुर रावल, डोटीका पुष्पकुमार शाही, बझाङका अर्जुन बहादुर सिंह उम्मेदवार छन्, भने एनपि साउँद समुहबाट अछामका गोविन्द बहादुर शाहाले उम्मेदवारी दिने घोषणा गरेका थिए । पाँच जना आकांक्षि देखिएपछि कांग्रेस सभापति शेर बहादुर देउवाले उनिहरुको विकल्पमा थप दुई जनाको नाममा सहमति गर्न केन्द्रबाटै निर्देशन दिएको बुझिएइको छ । देउवाले डडेल्धुराका गोविन्द बहादुर बोहरा र डोडीका बिरबहादुर बलायरलाई उम्मेदवार तोक्दै दुई मध्य एक जनामा सहमति गरेर प्रदेश सभापति छान्न दिर्नेशन दिएका छन् ।

तर उनिहरुमा पनि सहमति जुट्न नसक्दा सुदूरपश्चिममा कम्जोर मानिएको संस्थापन इतर समुहले अर्को साझा उम्मेदवारका रुपमा अघि सारेको छ । संस्थापन इतर समुहले कैलालीका नारायण दत्त मिश्रलाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ ।  मिश्र अहिले आफ्नो टिम बनाउन व्यस्त छन् ।

सुदूरपश्चिमको बैतडी, दार्चुला र बाजुरामा मात्रै संस्थापन इतर समुह हावि रहेको छ । अन्य ६ जिल्लामा देउवा समुह बलियो छ ।

सभापतिमा ७ जना भन्दा बढी आकांक्षि भएपछि सुदूरपश्चिममा बिहान ८ बजेदेखि सुरु हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया समेत दिउँसो २ बजे सम्मका लागि सारिएको छ । दुई बजे सम्म सहमति हुन नसकेमा कांग्रेस प्रदेश सभापतिका लागि आधा दर्जन बढी उम्मेदवार विच प्रतिष्पर्धा हुने देखिएको छ ।

कांग्रेस प्रदेश अधिवेसनले १ जना सभापति, २ जना उपसभापति२ जना महाँमन्त्री, एक महिला सहित ३ जना महाँमन्त्री चयन गर्ने छ । यसैगरी सदस्य खुला तर्फ तीन महिला सहित ११ जना, भूगोल तर्फ त्यत्यक जिल्लाबाट एक मसिहला सहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट १ महिला सहित तीन जना, मधेसी कोटाबाट १ जना, थारु कोटाबाट १ महिला र २ खुलागरी ३ जना, मुस्लिमबाट १, अपाङ्गता भएका १ जना सहित ५९ सदस्यीय प्रदेश समिति चयन गर्ने छ ।

अधिवेशनमा नौ जिल्लामा पर्ने १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश अधिवेशनका लागि काँग्रेसले केन्द्रीय सदस्य तथा कानून मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । मुल आयोजक समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिती विस्तार गरेको छ । त्यस्तै, काँग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति तथा अन्य सात वटा उपसमिति समेत गठन गरिएका छन् ।