धनगढी पोष्ट
शुक्रबार, १७ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४८ जनाको स्वाव परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । सूचना अधिकारी श्रेष्ठका अनुसार शुक्रबार अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ती मध्य ६ जनाको आइसियु कक्ष र १ जनाको भेण्टिलेटर कक्षमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।