धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बैतडीमा २५ हजार टिमुरका बिरुवा रोपिने

बैतडीमा २५ हजार टिमुरका बिरुवा रोपिने

धनगढी । व्यवसायिक टिमुर खेतिगर्ने सहमति संगै बैतडीमा २५ हजार टिमुरका विरुवा रोपिने भएका छन् ।

टिमुर खेतीका लागि  इसिमोड, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन उपभोक्ता समूहबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इसिमोडका प्रवन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरतसिंह बेदीले हस्ताक्षर गरेका थिए ।

हावापानीका हिसाबले बैतडी टिमुर खेतीका लागि उपयुक्त स्थान मानिन्छ । यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन उपभोक्ता समूह, डाबर नेपाल र इसिमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँचवर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्ने भएको छ ।