धनगढी पोष्ट
शनिबार, १८ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एकिकृत सामाबादी पार्टीका संसदिय दलका नेता दिर्घ सोडारीले सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बनेमा स्वागत गरिने बताएका छन् । ‘तत्काल सरकार परिवर्तन हुने संभावना छैन,’ मन्त्री सोडारीले भने,’ यदी कुनै कारणवस सरकार परिवर्तन भयो र सरकारको नेतृत्व कांग्रेसले गर्छ भने नेकपा एस स्वागत गर्न तयार छ ।’
डडेल्धुरामा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार तत्काल परिवर्तन नहुने तर कांग्रेसले सरकारमा आउन चाहेमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । कांग्रेस सरकारमा आउने भए छलफल गरेर अगाडि बढ्न सकिने मन्त्री सोडारीको भनाइ छ ।
तर, अहिले सुदूरपश्चिममा कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निभाइरहेको उनले बताए । मन्त्री सोडारीले सरकार परिवर्तन गर्दा अस्थिरता जन्मिने भएकाले वर्तमान सरकारले नै निरन्तरता पाउनु पर्ने बताए ।