धनगढी पोष्ट
शनिबार, १८ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेसन अन्तरगत कार्यसमिति चयनका लागि भएको मतदानमा ९ मत खसेका छन् । १ हजार १७ मतदाता रहेको प्रदेशमा मतदान सकिन अझै १ घण्टा लाग्ने अनुमान गरिएको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले बताए ।
उनका अनुसार शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । मतदान सकिएपछि रातिनै गणना गर्ने वा भोलि गर्ने भन्ने विषयमा छलफल गरिने निर्वाचन अधिकृत जेठाराले बताए । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि १ सय ७७ जना ले उम्मेदवारी दिएका छन् ।
संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिम सहित चुनावमा होमिएका छन्, भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिम सहति चुनाव लडिरहेका छन् ।
संस्थापन पक्षबाट प्रदेश उप–सभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनू) र अछामका मेघराज खड्का तथा सह–महामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।
यस्तै संस्थापन इतर पक्षबाट उप–सभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह–महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।
निर्वाचनबाट १ सभापति, २ जना उप–सभापति, एक महिला सहित ३ जना महाँमन्त्री चयन गर्ने छ । यसैगरी सदस्य खुला तर्फ तीन महिला सहित ११ जना, भूगोल तर्फ त्यत्यक जिल्लाबाट एक मसिहला सहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट १ महिला सहित तीन जना, मधेसी कोटाबाट १ जना, थारु कोटाबाट १ महिला र २ खुलागरी ३ जना, मुस्लिमबाट १ जना, अपाङ्गता भएका १ जना सहित ५९ सदस्यीय प्रदेश समिति चयन हुनेछन् ।