धनगढी पोष्ट
आइतबार, १९ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा सभापति तर्फ संस्थापन पक्षका वीरबहादुर बलायर सहित उनको प्यानलले अग्रता कायम गरेको छ ।
सुरु देखि नै लिएको अग्रता कायम गरेको संस्थापन प्यानलले ७ सय मतगणना गर्दा सम्म मत अन्तर फराकिलो बनाएको छ । ७ सय ४ मत गणना हुँदा सभापतिमा बलायर र नारायणदत्त मिश्रबीचको मतान्तर २ सय ७८ पुगेको छ ।
७ सय मत गणना भइसक्दा सभापतिका उम्मेदवार बिरबहादुर बलायरको ४ सय ८१ मत प्राप्त गरेका छन् भने इतर पक्षका मिश्रले २ सय ३ मत प्राप्त गरेका छन् । प्रदेश उपसभापतिमा पनि देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउने अगाडी छन् ।