धनगढी पोष्ट
आइतबार, १९ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम अधिवेशनमा प्रदेश सभापतिका उम्मेदवार नारायणदत्त मिश्रले मतदातालाई धन्यवाद दिएका छन् । ९ सय बढी मत गणना भइसक्दा मिश्रका प्रतिदोन्दि वीरवहादुर बलायरको जित शुनिश्चित भएपछि सामाजिक सञ्जाल मार्फत मिश्रले मतदातालाई धन्यवाद दिंदै विजयी सवैलाई बधाई दिएका छन् ।
‘नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका मतदातालाई हार्दिक धन्यवाद र विजयोन्मुख साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना छ,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, आगामि दिनमा संगै मिलेर काम गरौंला ।’