धनगढी पोष्ट
आइतबार, १९ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका उम्मेदवार वीरबहादुर बलायरको जीत निश्चित भएको छ ।
९ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३ सय ७९ पुगेको छ । निर्वाचन समितिका अनुसार ९७ मतगणना गर्न बाँकी भए पनि बलायर फराकिलो मतान्तरले अगाडि रहेकाले विजय निश्चित भएको हो ।
हालसम्म बलायरले ६३९ मत र इतर पक्षका मिश्रले २५० मत पाएका छन् । उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउनेको पनि जित सुनिश्चित भएको छ ।