धनगढी पोष्ट
आइतबार, १९ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । उनि ६ सय ८८ मत ल्याउँदै सभापतिमा विजयी भएका हुन् । प्रदेश समिति चयनका लागि भएको मतदानमा खसेका १ हजार ३ मध्ये सभापतिका अर्का प्रतिष्पर्धी इतर समुहका नारायणदत्त मिश्रले २ सय ८० मत मात्रै प्राप्त गरेका हुन् ।
प्रदेश उपसभापतिमा देउवा पक्षकै जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६ सय १० र अवस्थीले ५ सय २३ मत पाएका छन् । महामन्त्रीमा बलायर प्यानलकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन् । शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन् । यस्तै सह–महामन्त्रीमा पनि बलार प्यानलकै गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउने वीजयी भएका छन् ।
यस्तोछ मत परिणाम
सभापति
बिरबहादुर बलायर –६८८(विजयी)
नारायण दत्त मिश्र –२८०
उपसभापति
गोपाल सिंह गुरुङ –२८१
जनकराज चौधरी –६१०(विजयी)
मन बहादुर रावल –२६३
लोकराज अवस्थी –५२३(विजयी)
हिम बहादुर रावल–१२१
महामन्त्री
नरनारायण शाह मनु –६४८(विजयी)
प्रताप गुर्धामी–१३३
मेघराज खड्का –६३५(विजयी)
राम बहादुर शाही –३०३
सहमहामन्त्री
गोपाल दत्त भट्ट–५२९(विजयी)
चिन्तामणि भट्ट –५३३(विजयी)
नरेन्द्र प्रसाद भट्ट–२१२
पदम राज पन्त –२५४
लक्ष्मण बहादुर शाही – १६४
हर्क बहादुर स्वार–६८
महिला सहमहामन्त्री
अम्बिका कुमारी चलाउने–६८६(विजयी)
खिना भण्डारी –२२३