धनगढी पोष्ट
सोमबार, २० मङि्सर २०७८ मा प्रकाशित
धनगढी । बैतडीः बैतडीमा भारतबाट फर्किएका व्यक्तिले ७ दिन अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएपछि भारतबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो ।
नयाँ भेरियन्ट रोकथामका लागि अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टाइनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहहरुलाई पत्राचारसमेत गरिएको बताइएको छ ।