धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

एक पटक फेरि सभापति उठ्छुः देउवा

एक पटक फेरि सभापति उठ्छुः देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक फेरि आफू पार्टी सभापति पदमा उठ्ने बताएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट पत्रकारहरूसँग कुरा गर्दै देउवाले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् । देउवाले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक फेरि सभापति जितेमा अझै राम्रो गर्ने बताएका हुन् ।

एक पटक फेरि सभापतिका लागि उम्मेदवारी दिन्छु, त्यसपछि त विधानले पनि रोक्छ, बैठकमा सहभागी एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘गठबन्धनबाट म नै अहिले प्रधानमन्त्री छु, म नै सभापति हुँदा पार्टी र सरकारले पनि राम्रो काम गर्न सक्छ ।

देउवाले आफूलाई सहयोग गर्न पत्रकारहरूलाई आग्रह पनि गरेका छन् । देउवाले गठबन्धन अर्को चुनावसम्म जान्छ कि जाँदैन भन्नेबारे अहिले नै खुलाउन चाहेनन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तत्काल गठबन्धन गरिएको देउवाको भनाई छ । उनले यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगरिने पनि बताए । कोरोना महामारी कायमै रहेकोले जनतालाई दुःख दिने गरी कांग्रेसले भिडभाड नगर्ने उनको भनाइ थियो ।