धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
टिकापुर बडुवाल हत्या प्रकरण

नविन रावललाई मार्ने योजना थियो, मारिए भुपेन्द्र बडुवाल

नविन रावललाई मार्ने योजना थियो, मारिए भुपेन्द्र बडुवाल

धनगढी । ठेक्का पट्टटा आफ्नो हातमा पार्ने गुण्डाको समुह निर्माण गरेका कैलालीको चिसापानी क्षेत्रका लोकजंग शाही समुहमा चिसापानीकै जयन्द्र शाह र नविन रावल संगठित थिए ।

तर नविन र जयन्द्रको मनमुटाव पछि जयन्द्रले छुट्टै ग्याङ तयार पारे । नविन जयन्द्रको टिमलाई निश्तेज पार्न चाहन्थ्ये । जयन्द्र समुहलाई जहाँपायो त्यही कुट्ने हेप्ने प्रवृति नविन समुहको थियो । तर जयन्द्रलाई त्यो सह्य भएको थिएन ।

जसका कारण जयन्द्र शाहले वनिव रावलको ग्याङलाई बढार्ने योजना काठमाण्डौमा बसेर बनाउन थाले । त्यसका लागि उनले अर्को अपराधिक समुह (कपिल श्रेष्ठ) संग सहयोग मागे । श्रेष्ठ समुहल जयन्द्र शाह समुहलाई साथ दिन तयार भयो । त्यसपछि सुरु हुन्छ भुपेन्द्र बडुवाल हत्या प्रकण

काठमाण्डौमा बसेर बनाइएको सोही योजना अनुसार जयन्द्र समुह २०७८ कार्तिक १७ गते काठमाण्डौंबाट धनगढीका लागि मोटर साईकल यात्रामा हिड्छ । तीन दिन लगाएर कार्तिक २० गते कैलालीको चिसापानी क्षेत्रमा पुगेको सो समुह चिसापानी भन्दा केही पश्चिम तर्फ रहेको लम्की स्थित मुनमुन होटलमा बस्छ । २१ र २२ गते उक्त समुहले कैलालीको बर्दगोरिया स्थित बौनिया बजारमा रहेको अनुकुल होटलमा बसेर नविन रावललाई मार्न उपयुक्त समयको पर्खाइ गर्ने योजना बनाउँछ ।

कार्तिक २३ गते नविन रावल लम्कीमा आयोजना भाएको फुटकल प्रतियोगितामा सहभागि भएको जानकारी पाएपछि सोही स्थानमा रावललाई मार्ने योजना बन्दछ । तर सो योजना विफल बन्छ । नविनलाई खेल स्थलमै मार्ने योजना सहित जयन्द्रले आफ्नो समुहमा रहेका युवालाई बोलाएको थियो जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले भने,‘तर जयन्द्रका युवा खेल क्षत्रमा पुग्न अगावै नविन त्यहाँबाट निश्कि सकेका थिए, जसका कारण उनिहरुको पहिलो योजना सफल भएन । टिकापुर गएको भन्ने जानकारी पटि जयन्द्रको समुह पनि  नविनको खोजिमा टिकापु तर्फ लागे ।

तर टिकापुरमै रहेका नविन रावलले त्यसको चाल पाइहाले । रावलले पनि तत्कालै आफ्नो ग्याङमा आवद्ध आर्यन, मिहाल, हेमन्त, मदन, चिरञ्जिबी, रोशन, निशान्त, धिरज, रोहित, सोहन र विकास शेरचनलाई टिकापुरको रोडसाईड क्याफेमा बोलाए । रोडसाईड क्याफेमा जम्मा भएको रावल ग्याङले तत्कालै जयन्द्र ग्याङका सदस्यलाई जहाँ भेट्यो त्यहि मार्ने योजना बनाए । सोही दिनको वेलुकापख उनिहरु हतियार सहित जयन्द्र समुहको खोजिमा निष्के ।

नविन समुह बलियो हुने देखेपछि वेलुका पख जयन्द्र समु्हका युवा टिकापुरबाट फरार भए । तर सोही समुहका कपिल श्रेष्ठ टिकापुरमै छुटे । टिकापुरमा एक्लिएका कपिलले लम्कीका भुपेन्द्र बडुवाललाई सहयोग माग्छन् । राती भएपनि भुपेन्द्र बडुवाल साथीलाई ल्याउँन भन्दै टिकापुर तर्फ लाग्छन् । सोही क्रममा बडुवाल र नविन समुहका युवा विच बाटोमा भेट हुन्छ । टिकापुर स्थित जमरा पुल नजिक भुपेन्द्रलाई भेटाएका नविन समुहका युवाले उनलाई जयन्द्रको समुहलाई सघाएको आरोप लगाउँदै  लखेट्छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भुपेन्द्र बडुवाललाई करिव दुई किलोमिटर सम्म नविन समुहका युवाले लखेटेका थिए । गुण्डाबाट लखेटिएका भुपेन्द्र टिकापुर स्थित शिद्धार्थ होटल नजिकै रहेको आफ्नी फपुको घर जान चाहन्थ्ये । तर फुपुको घर पुग्न नपाउँदै उनलाई नविन समुहका युवाले समाते र खुकुरी प्राहर गरी हत्या गरे । उनको पेटमा १ पटक, छातिमा दुई पटक, पिठ्युमा ३ पटक र टाउकोको पछाडी खुकुरी प्रहारी गरिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खुकुरी प्रहारबाट मारिएका भुपेन्द्र बडुवाल कुनै अपराधिक क्रियाकलापमा संलग्न भएको रेकर्ड छैन । उनि टिकापुरमा अलपत्र परेका साथीलाई लम्कीमा ल्याउनका लागि मात्रै सो तर्फ गएका थिए ।

घटना स्थलबाट १ बोरा हतियार भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए । उनका अनुसार चक्कु, खुकुरी, खुडा लगायतका धारिला हतियार टिकापुर क्षेत्रबाट प्रहरीले बरामद गरेको छ । बडुवाल हत्या भएको स्थानमा पनि खुकुरी भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए ।

प्रहरीले सार्वजनिक गरेको घटना विवरणमा बडुवाल हत्या प्रकरणमा २१ जना अभियुक्त बनाईएको उल्लेख छ । हत्यामा संलग्न १२ जना पक्राउ परेका छन् भने ९ जना अझै फरार रहेको विवरणमा उल्लेख छ । लम्कीचुहा नगरपालिका३ चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नम्बर १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भन्ने निशान्त मल्ल पक्राउ परेका छन् ।

यस्तै वडा नम्बर ५ बस्ने २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका१ बस्ने २३ वर्षीय प्रबिण रिमाल, बर्दिया राजापुर बस्ने २१ वर्षीय रोहित आले, टीकापुर ब्लक नं. १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा ३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परेका छन् । यस्तै लम्कीचुहा नगरपालिका३ चिसापानी बस्ने २७ वर्षीय नविन रावल, चिरञ्जीबी जंग शाही, हिमाल शाही, जानकी६ जगतपुरका जयन्द्र शाह, टीकापुर१ बस्ने बिकास शेरचन, लम्कीचुहा४ बस्ने रोशनबहादुर शाही, टीकापुर६ बस्ने अशोक रावल, लम्कीचुहा३ बस्ने लोकजंग शाही र बर्दिया गरुवा५ बस्ने हेमन्त शाही भने फरार छन् ।

उनीहरुको मोवाई ट्याक अनुसार हत्या गरेको एक दुई दिनपछि टिकापुरबाट बर्दगोरिया, घोडाघोडी, हुँदै धनगढी उपमहानगरपालिकाको जुगेडा पुगेर भारत लागेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार हाल फरार नवि रावल र जयन्द्र शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली, मातहत इकाई र काठमाडौँमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएका थिए । ती मुद्धामा कोही धरौटीमा छुटेका थिए भने कोही अहिलेसम्म पनि फरार छन्, प्रहरी प्रमुख अधिकारीले भने, २०७८ भदौमा काठमाडौँको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नविन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गरी जयान मार्ने प्रयास गरेको थियो, ‘त्यो घटनापछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नविन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएको रहेछ ।

नविन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रविण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) र सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैदसजाय मागदाबी गरिएको छ ।लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) सजाय माग गरिएको छ भने लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३००) (क) बमोजिम कसुर गरे सरह जन्मकैदको सजाय माग गरिएको छ । यस्तै दफा १८६ बमोजिम प्रतिवादीहरुबाट जाहेरवालालाई मनासिव क्षतिपूर्तीको पनि माग गरिएको छ ।