धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

जग्गा नापि गर्नुपर्ने माग राखदै कञ्चनपुरको नापी कार्यालयमा धर्ना

जग्गा नापि गर्नुपर्ने माग राखदै कञ्चनपुरको नापी कार्यालयमा धर्ना

धनगढी । जग्गा नापि गरिनुपर्ने माग राख्दै कञ्चनपुरको नापी कार्यालयमा सेवाग्राहीले तीन घण्टा धर्ना दिएका छन् ।

बेदकोट नगरपालिकाका, ८ र ९ का स्थानीयले जग्गा नापी पुनः हुनुपर्ने माग राख्दै सोमबार ३ घण्टा सम्म सांकेतिक धर्ना दिएका हुन् । आफुले भोगचलन गर्दै आएको जग्गाको पुनः नापजाँच गरी नयाँ नक्सा जारी गरिनुपर्ने उनिहरुको माग छ । आफुहरुले भोगचलन गरिरहेको जग्गाको लालपुर्जा अर्कैको नाममा रहेको उनिहरुको गुनासो छ ।