धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

ज्यान मार्ने उद्योग र सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग र सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

धनगढी । कैलालीमा ज्यान मार्ने उद्योग र सवारी ज्यान मुद्दा लागेपटि फरार भएका दुई जनालाई प्रहरीले पक्रा गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीको दोदोधराबाट ३३ वर्षीय दिपेन्द्र बुढा र सोही ठाउँका ३० वर्षीय मोहन भट्टराईलाइ पक्राउ गरेको हो ।

दिपेन्द्रले २०६४÷१२÷०८ गते १ जना व्यक्तिलाई ज्यान मार्ने उद्योग गरी फरार भएका थिए । यस्तै मोहनले चलाएको से १ प ६७६३ नम्बरको मोटरसाईकलले एक जना पैदल यात्रीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको थियो । प्रतिवादीलाई पक्राउ पश्चात प्रहरीले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।