धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलाली कञ्चनपुरलाई केरा जोन बनाउन माग

कैलाली कञ्चनपुरलाई केरा जोन बनाउन माग

धनगढी । कैलाली कञ्चनपुरका किसानले दुई वटै जिल्लालाई केराजोन बनाउन सरकार संग माग गरेका छन् ।

भारतबाट आयात हुने केरोका कारण यहाँका व्यवसायी धरासायी बन्नथालेका भन्दै व्यवसायीलाई संरक्षण गर्न कैलाली कञ्चनपुरलाई केरा जोन बनाउन व्यवसायीले माग गरेका हुन् । कैलाली कञ्चनपुरका १३ व्यवसायिक केरा उत्पादक संघले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् ।

उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पु¥याउनुपर्ने माग गरेका छन् । हाल भारतबाट आयातित केराको भन्सार मूल्य समय सापेक्ष नभएकाले त्यसलाई संशोधन गरिनुपर्ने र काँचो केराको मूल्य तथा चिस्यान केन्द्रमा पकाएको केराको मूल्यमा फरक भन्सार दर कायम हुनुपर्ने उनीहरूको सुझाव थियो ।

केरा महासंघ नेपाल, तदर्थ समिति अध्यक्ष विष्णुहरि पन्थले केरा आयातमा लगाउँदै आएको भन्सार दर कम्तीमा १५ प्रतिशत तथा अग्रिम आयाकर १० प्रतिशत कायम गरिनुपर्ने र केरालाई डम्पिङ गर्ने परिपाटी अन्त्य गरिनुपर्ने बताए। राष्ट्रिय किसान समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले नेपाली फर्मबाट बिलबिजक जारी गरी भन्सार र व्यापारीबीच हुने आर्थिक चलखेल तत्काल बन्द गर्नुपर्ने बताए ।