धनगढी पोष्ट
बिहिबार, २३ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ रोगको संक्रमण नेपालमा पनि देखापरेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले फेरी कडाई गर्नथालेको छ । कैलालीमा जिल्ला कोभिड संकट व्यबस्थान केन्द्र (डिसीएमसी)को बिहीबार बसेको बैठकले भीडभाड हुने कुनैपनि क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।
प्रशासनले धार्मिक, सांस्कृतिक महत्वका स्थानमा नित्य पूजा÷पाठ, आराधना बाहेकका भेला र उत्सव गर्दा भीड नगर्न आग्रह गरेको छ । अतिआवश्यक काम गर्नुपर्नेभएमा जनस्वास्थ्य कार्यालयसंग समन्वय गरेर मात्रै गर्न सम्पूर्ण जिल्ला वासीलाई प्रशासनले आग्रह गरेको छ । साथै रोगबाट बच्न तथा जोखिम न्यूनिकरण गर्न सवैलाई खोप लगाउन समेत प्रशासनले आग्रह गरेको छ ।
प्रशसनसनले त्रिनगर र खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाई गर्ने निर्णय समेत गरेको छ ।