धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

धनगढीका मेर वडद्वारा कांग्रस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा

धनगढीका मेर वडद्वारा कांग्रस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा

धनगढी,   धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मेयर वडले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन् । नगर प्रमुख वड नेपाली कांग्रेस नगर समितिका सभापति समेत भइसकेका छन् । मेयर वड देशभरका उपमहानगरपालिकामा दलित समुदायबाट स्थानीय तहको नेतृत्व गर्ने एक मात्र प्रतिनिधी हुन् ।

केही दिन अघि सम्पन्न कौग्रेसको महाँधिवेन प्रतिनिधि निर्वाचनमा मेयर वड कैलाली निर्वाचन क्षेत्र नम्बर५ बाट सर्वाधिक मत पाएर महाँधिवेसन प्रतिनिधीमा निर्वाचित भएका हुन् । रिपोर्टस क्लबमा उनले केन्द्रीय सहमहामन्त्रीका आंकाक्षी मीन विश्वकर्मासँगै उम्मेदवारी घोषणा गरेका थिए ।

नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणासंगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई मतदानको लागि समेत अपिल समेत गरेका छन् । मेयर वड प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका छन् ।