धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

पुष ३ गतेदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा सञ्चालन हुने

धनगढी । सुदूरपश्चिमको कलासंस्कृति चिनाउन तथा पर्यटकिय स्थलको पहिचान गर्ने उद्देश्यले सुदूरपश्चिम पर्यटन सािइकल यात्रा २०७८ सञ्चालन हुनेभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको अयोजनामा पुष ३ गते देखि ५ गते सम्म पर्यटन साईकल यात्रा सञ्चालन हुने छ ।

साईकल यात्राका माध्यमबाट सुदूरपश्चिमको कला संस्कृति चिनाउने र पर्यटकिय स्थलको प्रचार÷प्रसार गर्ने उद्देश्य सहित साईकल यात्रा गरिने पर्यटन इकाई प्रमुख भोजराज पाठकले बताए । साईकल यात्रामा देशभरका विभिन्न स्थानबाट तथा भारतका केही स्थानबाट पनि सहभागि आउने भन्दै उनले ती साइकल यात्रीका माध्यामबाट कला संस्कृति संगै यहाँका पर्यटकिय स्थलको पहिचान गर्ने योजना रहेको पाठकले बताए । देश तथा विदेशबाट आउने साईकल यात्रीलाई तराई, चुरे र पहाडी पहिचान भएका सांस्कृतिक कार्यक्रम देखाइने छ, पाठकले भने,‘धनगढी देखि गोदावरी हुँदै बुडर सम्म पुग्दा यहाँका पर्यटकिय स्थलमा पनि पु¥याइने छ ।

धगढीबाट गोदावरी र गोदावरी बाट बुडर सम्म गरी दुई चरणमा साईकल यात्रा गरिने उनले बताए । उनका अनुसार धनगढी देखि गोदावरी धाम सम्म जो कोहीले पनि साईकल यात्रामा सहभागि हुन पाउने छन् । तर गोदावरी देखि बुडर सम्म भने साईकल यात्री (तालिम प्राप्त) मात्रै जान पाउने इकाई प्रमुख पाठकले बताए । बुडर सम्म जाने साईकल यात्रीलाई पहिलो दिन खानीडाँडामा राखिने र त्यहाँको मगर नाच देखिइने छ, पाठकले भने,‘दोश्रो दिन बुडरमा राखेर देउडा देखाइने छ, साथै बुडर भर्नाको पनि अवलोकन गराइने छ । कैलालीमा रानाथारुको पहिचान झल्किने सांस्कृतिक कार्यक्रम गरेर साईकल यात्रामा सहभागिलाई मनोरञ्जन गराईने उनले बताए ।

साईकल यात्राको सुरुवात धनगढी स्थित शुभश्री प्यालेसबाट गरिने छ । साईकल यात्राको सुरुवात उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले गर्ने छन् ।