धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

माओबादी केन्द्रको प्रर्थम प्रदेश सम्मेलन, १ हजार १ सय ९७ प्रतिनिधी सहभागि हुने

माओबादी केन्द्रको प्रर्थम प्रदेश सम्मेलन, १ हजार १ सय ९७ प्रतिनिधी सहभागि हुने

धनगढी । नेकपा आवोबादी केन्द्रको प्रथम प्रदेश स्तरिय सम्मेलन आज (शनिबार) देखि सुरु हुँदैछ । देशका ७ वटै प्रदेशमा एकसाथ सुरु हुने अधिवेसन उद्घाटन नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दिउँसो १ बजे गर्ने छन् ।

सुदूरपश्चिम प्रदेश अधिवेसन धनगढी स्थित ऋद्धिशिद्धि प्यालेसमा सञ्चालन हुने जनाइएको छ । अधिवेसनमा प्रदेशका ९ वटै जिल्लाबाट र अन्य गरी १ हजार १ सय ९७ प्रतिनिधी सहभागि हुने माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले बताए । नयाँ नेतृत्व चयनका लागि अधिक्तम सहमतिको प्रयास गरिने बताउँदै उनले नभए निर्वाचन पद्धतिबाट कार्यसमिति चयन गरिने बताए । अधिवेसनबाट दुई सय २३ जनाको निर्वाचित कमिटि चयन गर्ने उनले बताए । समिति चयन गर्दा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र १५ प्रतिशत २० बर्ष मुनिका युवालाई अनिवार्य समावेसन गरिनुपर्ने प्रावधान रहेको इन्चार्ज भट्टले बताए ।

अधिवेसन पछि माओबादी केन्द्र तानाशाही भयो भन्नेका मुख बन्द हुने र माओबादी केन्द्र लोकतान्त्रिक पार्टी भएको प्रमाणित हुने इन्चार्ज भट्टले बताए । माओबादी केन्द्रले अंगालेका नीति शिद्धान्तमै देश अहिले चलिरहेको छ, प्रदेश अधिवेसन सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा इन्चार्ज भट्टले भने,‘कसैकसैले केही निहु नपाएर निरङकुश भयो भन्ने आरोप लगाउने गरेका थिए, अधिवेसन पछि उनिहरुका मुख बन्द हुनेछन्, हामि नै देशको सवै भन्दा बढी लोकतन्त्रबादी पार्टी बन्ने छौं ।

प्रदेश अधिवेसन पछि माओबादी केन्द्र नयाँ उर्जाका साथ अघि बढ्ने उनले बताए । अधिवेसनले नयाँ नीति र नयाँ शिद्धान्त ल्याउने बताउँदै उनले त्यसै अनुसार पार्टीका गतिविधीपछि नयाँ तरिकाले सञ्चालन हुने बताए ।

उनका अनुसार प्रदेश अिधवेसनले सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने छ । तर कसैलाई आफ्नो इच्छा दवाउने गरी नभई सर्व मान्य तरिकाले सहमतिको प्रयास गरिने भन्दै उनले त्यसो हुन नसकेमा लोकतान्त्रिक प्रणाली अनुसार अघि बढ्ने बताए ।

आमोबादी केन्द्रका प्रदेश अध्यक्ष शरदसिंह भण्डारीका अनुसार शुक्रबार सम्म हल व्यवस्थापन, मञ्च व्यवस्थापन र डिजिटल सिस्टम व्यवस्थापनका सवै तयारी पुरा भएका छन् । यसैगरी सवै जिल्लाबाट प्रतिनिधी पुग्नेकाम जारी रहेको उनले बताए । हल व्यवस्थापन देखि भर्चुअल उदुघाटनका लागि डिजिटल प्रर्दाको तयारी पुराभइसकेको छ, अध्यक्ष भण्डारीले भने,‘त्यसबाहेकका अन्यकाम भइरहेका छन्, शनिबार सम्म सवै तयारी पुरा हुने छ । उनले पनि नयाँ नेतृत्वका लागि हाल सम्म कसैले आकांक्षा नदेखाएको बताए ।

आमोबादी केन्द्रको सुदूरपश्चिम प्रदेश अधिवेसनका डाक्टर केदार चन्द्र भट्टलाई निर्वाचन समितिको संयोजक तोकिएको छने निर्वाचन आयोगबाट मञ्जु बम आउने अध्यक्ष भण्डारीले बताए ।