धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

रावललाई समर्थन गदैँ बोहरा र बलायरद्वारा उम्मेदबारी फिर्ता

रावललाई समर्थन गदैँ बोहरा र बलायरद्वारा उम्मेदबारी फिर्ता

धनगढी । कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार गोबिन्द बोहोरा र भक्तबहादुर बलायरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बोहोरा र बलायरले डा.रणबहादुर रावलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले केन्द्रीय सदस्य (प्रदेश) पदमा उम्मेदवारी दिएका छन् । कैलाली क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित डाक्टर रावलले आफुलाई समर्थन गरेकोमा बलायर र बोहरालाई धन्यवाद दिए । केन्द्रिय सदस्य सुदूरपश्चिम प्रदेशबाट भूगोल तर्फ सदस्य पदमा उम्मेदवारी दर्ता गराएका बोहराले आइतबार उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।