धनगढी पोष्ट
आइतबार, २६ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू सभापति नचुनिएमा कांग्रेसको नेतृत्वमा बनेका सरकार समेत ढल्ने भन्दै आफुलाई भोट दिएर सरकारको नेतृत्व बाचर्यराख्न आग्रह गरेका छन् ।
आगामी निर्वाचन सम्म कांग्रेसको नेतृत्वमा सरकार हुन आवश्यक रहेको बताउँदै सभापति देउवाले त्यसका लागि आफुलेनै सभापति जिच्नु आवश्यक रहेको जिकिर गरे । ‘मैले सभापतिमा हारेमा हारेको मान्छेले सरकारमा बस्नुहुदैन भन्ने प्रश्न उठ्न सक्छ,’ देउवाले भने, ‘त्यसतो अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार रहने छैन, यसले आगामी निर्वाचनमा हामिलाई घाटा लाग्ने छ ।’ उनले प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताए ।
‘तपाईहरुले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ,’ देउवाले भने,‘त्यसैले अहिलेको बेला यो कांग्रेस पार्टी जित्नु जरूरी छ, कांग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्न सक्छ, त्यसका लागि यो महाधिवेशन अत्यधिक महत्वपूर्ण छ, यो महाधिवेशनमा मैले पनि उम्मेदवारी दिएको तपाईँहरूलाई थाहा नै छ, अत्यधिक बहुमतले मलाई जिताउनुभयो भने अवश्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु ।’
प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताए । ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ । राष्ट्रिय चुनावसम्मका लागि, त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् उनले भने,‘त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ, पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छन् !’
उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकोले पनि जित्नैपर्ने दबाव रहेको बताए ।