धनगढी पोष्ट
आइतबार, २६ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बैतडीका दामोदर भण्डारीलाई चयन गरिएको छ । शनिबार बसेको एमालेको पहिलो केन्द्रिय कमिटि बैठकले भण्डारीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले प्रदेश उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्टलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको थियो । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुने छ । बैठकले ७ भौगोलिक प्रदेश र एक गैर भौगोलिक गरि ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो । जसमध्ये सुदूरपश्चिम प्रदेशका लागि पदाधिकारीमा दामोदर भण्डारी, कमल तिमिल्सिना, धर्मराज पाठक, बल्देव रेग्मी र भागिरथी बिष्ट रहेका छन् ।