धनगढी पोष्ट
सोमबार, २७ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । कैलालीका ४६ प्रतिशत नागरिकले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार १८ बर्ष माथिका लक्षित व्यक्ति मध्य ४६ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने, एउटा मात्रै खोप लगाउनेको संख्या ५५ प्रतिशत रहेको छ । कैलालीमा ६ लाख ६४ हजार ६ सय ८८ जना कोरोना विरुद्धको खोप लगाउन योगय रहेको अनुमान गरिएको छ । ती मध्य दुई लाख ८८ हजार ९ सय ५३ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय कैलालीका कोरोना श्रोत व्यक्ति प्रतिमा महतले बताइन् । उनका अनुसार कैलालीमा कोरोना बिरुद्धको एउटा खोल लगाउनेको संख्या ३ लाख ४६ हजार १ सय ५ रहेको छ ।