धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

बैतडीका पत्रकार विष्टलाई खेलकुद पत्रकारिता पुरस्कार

बैतडीका पत्रकार विष्टलाई खेलकुद पत्रकारिता पुरस्कार

बैतडी ।  बैतडीका पत्रकार विनोद सिंह विष्ट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुने भएका छन् राष्ट्रिय समाचार समिति (रासस)का बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागेको हो

 मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भए बमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिने भएको हो विष्टलाई अगामी पुस गते मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरि नगद २५ हजार प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको

 बैतडीको दोगडाकेदार गाउँपालिका श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले अन्य प्रदेशबाट पनि एक÷एक जनालाई सम्मान गर्ने भएको