धनगढी पोष्ट
मङ्गलबार, २८ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित व्यवपारिक हाउसमा चोरी गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान ३ बजे धनगढी उपमहानगरपालिका–१ कैलाली पुलमा रहेको उग्रतारा ट्रेडिङ हाउसबाट ताला तोडेर चोरी गर्न गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी–१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, उमेश भनिने आलोक चौधरी, विवेक साउँद र बाजुराको बुढीगंगा गाउँपालिका–८ का निकास नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । पक्राउ परेकाहरुमाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जोशीले बताए ।