धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

माओवादी केन्द्रद्वारा २ सय १९ सदस्यीय सुदूरपश्चिम प्रदेश कमिटी घोषणा

माओवादी केन्द्रद्वारा २ सय १९ सदस्यीय सुदूरपश्चिम प्रदेश कमिटी घोषणा

धनगढी, नेकपा माओवादी केन्द्रले ४ दिन लगाएर प्रदेश कमिटि घोषणा गरेको छ । केन्द्रले प्रदेशमा २ सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । सो कमिटिको पहिलो बैठकले प्रदेश पदाधिकारी घोषणा गर्ने छ ।

कमिटि निर्माण गर्दा प्रदेशका प्रत्यक वडाबाट १÷१ जना, महिला, दलित समुदाय, पछिडिएको वर्गलाई आधार मानिएको माओबादी के्रन्द्र सुदूरपशिचम प्रदेश इन्चार्ज खगराज भट्टले बताए । हाललाई २ सय १९ सदस्यीय कपिमटि निर्माण गरिएको मा कमिटिको पहिलो वैठकबाट ४ जना मनोनयन गर्दै २ सय २३ सदस्यीय कमिटी निर्माण गरिने इन्चार्ज भट्टले बताए ।

कमिटिको पहिलो बैठकबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष गरी नौ जना पदाधिकारी चयन गर्ने छ । प्रदेश अध्यक्षका लागि धेरै जना आकांक्षि हुँदा माओबादी केन्द्रलाई अध्यक्ष चयनमा भने सकस देखिएको छ । केन्द्रले कैलालीका हरी चौधरीको नाममा सहमति गर्ने आन्तरिक योजना बनाएको भएपछि अन्य आकांक्षिले उनलाई न स्वीकार्दा समस्या भएको बुझिएको छ ।

प्रदेश अध्यक्षका लागि नीवर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज वीरमान चौधरी, नेपबहादुर चौधरी, केन्द्रीय बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, प्रदेश कमिटी सदस्य हरि चौधरी, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले अध्यक्षमा दाबी गर्दै आएका छन् ।