धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

मापदण्ड अनुसारको धान नपाइएको भन्दै खाद्य संस्थाले धान खरिन गरेन

मापदण्ड अनुसारको धान नपाइएको भन्दै खाद्य संस्थाले धान खरिन गरेन

धनगढी । कैलाली कञ्चनपुरमा खाद्य संस्थानले धान नपाएको भन्दै खरिद प्रक्रियानै रोकेको छ ।

मंसिर २२ गते देखि धान खरिद सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले मपदण्ड अनुसारको धान नपाइएका कारण धान खरिद गर्न समस्या भएको जनाएको छ ।

धानमा अत्याधिक चिस्यान भएका कारण खरिद प्रक्रियामा समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडकी सुदूरपश्चिम प्रदेश प्रमुख एन्जिला बस्नेतले बताइन् । संस्थाले १८ प्रतिशत भन्दा बढी चिस्यान भएको धान खरिद गर्दैन, प्रदेश प्रमुख बस्नेतले भनिन्, ‘तर यस बर्ष किसानले ल्याउने सवै धानमा त्यो भन्दा बढी चिस्यान भेटियो, जस्का कारण हामि खरिद केन्द्रमा आएका किसानलाई धान सहित फर्काइरहेका छौं । मापदण्ड अनुसारको धाधान नआउँदा अहिले धान खरिद गर्ने प्रक्रिया नै रोकेको उनले बताइन् ।

कार्तिकमा आएको बाढीमा भिजेका कारण धानमा अत्याधिक चिस्यान भएको हुन सक्ने उनले बताइन् । किसानले पानीका न भिजेको धान हो भन्दै संस्थानको खरिद केन्द्रसम्म धान ल्याउने गरेका छन्, उनले भनिन्, ‘तर जाँच गर्दा चिस्यान बढी देखिरहेको छ, त्यसतो धान खरिद गर्ने अधिकारी हामिलाई छैन । केही किसानले भिजेको र नभिजेको धान एउटैमा मिसाएर ल्याउने गरेको उनले बताइन् ।

खाद्य व्यवस्था तथा व्यवपार कम्पनि लिमिटेडले कैलालीका लागि ३५ हजार र कञ्चनपुरका लागि ६ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर अहिले सम्म मुस्किलले १० क्वीन्टल धान मात्रै खरिद भएको बस्नेतले बताइन् ।

उनका अनुसार कैलालीका ६ र कञ्चनपुरका १ स्थानबाट धान खरिद गर्न केन्द्रले स्वीकृति दिएको थियो । मंसिर २२ गते कैलालीको मोहनपुर र टिकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा धान खरिद सुरु गरिएको थियो । तीन वटै स्थानमा मापदण्ड अनुसारको धान किसानले नल्याएपछि धान खरिदनै बन्द गरिएको प्रदेश प्रमुख बस्नेतले बताइन् ।

किसानले जस्तो धान पनि खरिद गर्नुपर्छ भन्दै धान खरिद केन्द्रमा विवाद सिर्जना गर्नथालेपछि अहिले खरिद प्रक्रिया रोकिएको उनले बताइन् । सरकारले सवै धान खरिद गर भन्ने आदेश दिएमा हामिलाई कुनै आपत्ति हुँदैन, उनले भनिन्,‘तर अहिले सम्म सरकारले हामिलाई त्यसतो अधिकार दिएको छैन, किसानका समस्या बुझ्दाबुझ्दै पनि हामिले उनिहरुलाई फर्काउनु परिरहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनिले मंसिर १५ गते कैलाली, कञ्चनपुरमा यस बर्षका लागि धान खरिदको कोटा निर्धारण गरेको थियो । गत बर्ष कैलालीमा ६५ हजार ५ सय र कञ्चनपुरमा ७ हजार गरी ७३ हजार पाँच सय मेट्रिक टन धान खरिद गरिएको थियो । तर यस बर्ष भने जम्मा ४१ हजार मेट्रिकटन धान मात्रै खरिद गर्ने गरी कोटा निर्धारण गरिएकोमा खाद्य संस्थानलाई कोटा अनुसार धान खरिद गर्न समस्या भएको छ ।