धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलारीमा रिकोभरको अभिमुखीकरण सम्पन्न

कैलारीमा रिकोभरको अभिमुखीकरण सम्पन्न

धनगढी । कोभिड १९ बाट प्रभावित समुदायको लागि पुनरुत्थान परियोजना (रिकोभर) को कैलारी गाउँपालिका स्तरिय परियाना अभिमुखीकरण तथा शुरुआती बैठक बुधबार सम्पन्न भएको छ ।

सो अवसरमा बेस कैलालीका संयोजक लक्ष्मण चौधरीले परियोजनाले कोभिडका कारण जागीर गुमाएर प्रवासबाट घर फर्केका दलित, सीमान्तकृतहरूको क्षमत बिकास र जिविकोपार्जनका लागि काम गर्ने बताए ।

परियोजनाले स्वास्थ्य र कृषि क्षेत्रलाई जोडेर काम अघि बढाउने उदेश्य राखेको संयोजक चौधरीले बताए ।

 लुथरन वल्र्ड रिलिफ र बेस कैलालीको साझेदारीमा कैलालीका धनगढी उपमहमानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा सँचालन  हुन लागेको उक्त परियोजनाले तीन हजार घरधुरीलाई प्रत्यक्ष लाभ पुरयाउने लक्ष्य लिएको छ ।

उदेश्य प्राप्तिका लागि जनचेतना बिस्तार, कोभिड १९ र त्यस्ता महाकारीको व्यवस्थापनको  क्षमता अभिबृद्धिमहामारीको सामना गर्न स्वास्थ्य प्रणालीलाई सबल बनाउन क्रियाकलाप सँचालन गरिनेछन् ।

कैलारीका चार वडामा कार्यक्रम सँचालन गरिने संयोजक चौधरीले बताए ।

लुथरन वल्र्ड रिलिफका अनुगमन तथा मुल्याङकन अधिकृत लक्ष्मी शाहीले  स्वास्थ्य जोखिम बढी भएका र रोजगारी गुमाएका समुदायलाई लक्षित गरेर कार्यक्रम सँचालन गर्न लागिएको बताइन् ।

 कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र राज जोशीले पालिकासँगको समन्वयमा नै परियोजना अघि बढाउन लागिएकोले पालिकाबाट आवश्यक सहयोग हुने बताए ।