धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

ओलानी चौकीडाँडा सडक निर्माण, सम्झौता मिति सकिनै लाग्दा काम सुरु

ओलानी चौकीडाँडा सडक निर्माण, सम्झौता मिति सकिनै लाग्दा काम सुरु

धनगढी । कैलालीको गोदावरी नगरपालिका अन्तरगत पर्ने ओलानी चौकिडाँडा सम्मको बान्द्रखोला सडक निार्माण कार्य काम सम्पन्न गरिसक्नु पर्ने समयमा मात्रै सुरु भएको छ ।

सम्झौता भएको १४ महिना पछि काम सुचारु हुँदा तोकेको समयमा सडक निर्माण कार्य पुरा हुन नसक्ने देखिएको गोदावरी नगरपालिका११ का वडा अध्यक्ष शिव विकले बताए । सरकारी निकायलाई पटकपटक जानकारी गराउँदा पनि ठेकदार कम्पनिलाई समयमै काममा लगाएनन्, वडा अध्यक्ष विकले भने, यही माघमा सक्नुपर्ने काम मंसिरबाट मात्रै सुरु भएको छ ।

ढिलो गरी काम सुरु भएका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकिने देखिएको उनले बताए । प्रदेश सरकार भौतिक मन्त्रालय अन्तरगत पर्वाधार विकास कार्यालय र एड्भेन्चर, गेगिङ, सन्लाईट जेभि विच सडक निर्माणका लागि २०७७ भदौं १८ गते भएको सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिसक्नु पर्ने छ । तर यही मंसिर महिना देखि मात्रै ठेकदार कम्पनिले काम सुरु गरेको वडा अध्यक्ष विकले बताए ।

उनले ठेकदारले काम समयमै सुरु नगर्नुमा ठेकदार संगै प्रदेश सरकार पनि दोषि भएको बताए । सडकको ठेक्का सम्झौता भएर काम सुरु नभएपछि ठेकदारलाई ताकेता गर्न भन्दै मैले दुई पटक पूर्वाधार विकास कार्यालयलाई पत्र पठाएको थिएं, उनले भने,‘तर सरकारी कार्यालयले वेवास्ता गरे, ठेकदार कम्पनि सम्पर्कमै आएनन् ।

पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख जगतप्रसाद जोशीले भने अहिले सडक निर्माण कार्य सुरु भएको बताए । ठेकदार कम्पनिले काममा तदारुकता नदेखाएपछि कारवाही गर्ने चेतावनी दिइएका थियौं, जोशीले भने, ‘अहिले बल्ल काम अघि बढाएको छ, कहिले काम सकिन्छ थाहा छैन ।

उनका अनुसार १७ महिनामा काम सम्पन्न गर्नुपर्ने गरी ५ करोड ८४ लाख बजेटमा बान्द्रेखोला सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार अलिे सडक निर्माण अन्तिम चरणमा हुनुपर्नेहो, उनले भने,‘तर त्यो हुन सकेन, अव जतिसक्दो छिटो काम सक्नेगरी निर्माण कम्पनिलाई दवाव दिने छौं । २३ सय मिटर बान्द्रेखोला सडक निर्माणका लागि ५ करोड मा ठेक्का भएको थियो ।

आफु भरखरै कार्यालयमा आएको बताउँदै कार्यालय प्रमुख जोशीले कार्यालय आउनासाथ बान्द्रखोला सडक निर्माणलाई प्राथमिकता दिएको बताए । म कार्यालयमा आउनासाथ रोकिएका कामलाई सुचारु गराउन सुरु गर्न पहल गरेको छु, जोशीले भने, ‘धेरै काम सुचारु भएका छन्, केही काम सुरु हुँदैछन् ।