धनगढी पोष्ट
बिहिबार, ०१ पुष २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । निर्वाचन समितिका अनुसार गगन थापाले हजार २३ र विश्वप्रकाश शर्माले १ हजार ९ सय ८४ मत पाएर निर्वाचित भएका हुन् ।
महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १ हजार ५ सय ५०, प्रदीप पौडेलले १ हजार ४ सय ९, डा. मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १ सय ७ मत पाए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।