धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीमा सवारी व्यवस्थित गर्दै ट्राफिक प्रहरी

धनगढीमा सवारी व्यवस्थित गर्दै ट्राफिक प्रहरी

धनगढी । धनगढी बजारमा रहेको अस्तव्यवस्त सवारी सञ्चालनलाई ट्राफिक प्रहरीले व्यवस्थित गर्नथालेको छ ।

बढ्दो सवारी चापलाई व्यवस्थित गर्न नसक्दा सवारी जाम संगै दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीको मुख्य बजार क्षेत्रमा चल्ने अटो रिक्सामा जोर बिजोर प्रणाली लागु गरेको छ । यसैगरी ६ लेन सडक खण्डको चटकपुर क्षेत्रमा पार्किङ गरिंदै आएका ट्याङ्करलाई नेष्नल ट्रडिङ हाउस धनगढीको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिएको छ ।

सवारी जामको समस्यालाई मध्यनजर गर्दै ६ लेन सडक खण्डको चौराह क्षेत्रमा राखिएका डिभाईडर समेत प्रहरीले हटाइउन लगाएको छ । डिभाइडरको भित्र पट्टी ठेला व्यसाय सञ्चालन गरिदा सडक अबरुद्ध हुने स्थिती बन्यो, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिंहले भने, ‘डिभाईडर बाहिर सवारी साधन पार्किङ गरिदा पुरै सडक जाम हुने देखिएपछि डिभाइडर हटाइएको हो, अव सडकमा ठेला व्यवसाय गर्न पाइने छैन, चौराह क्षेत्रमा यात्रु चढाउने र ओराल्न (पिक एण्ड ड्रप) पार्किङका लागि सार्वजनिक सवारी ५ मिनेट बढी रोक्न पाइने छैन ।

उनले धनगढीमा जथाभावि सवारी पार्किङ गरेको पाइएमा सवाहरीको ह्वील लक गर्ने गरिएको बताए । यसरी ह्वील लक गरिदा सवारी धनिले चटकपुर क्षेत्रमा पार्किङ गरिएका ट्याङ्कर हटाएको खै ? भन्दै प्रश्न उठाउने गरेको भन्दै ट्राफिक प्रहरी इन्चार्ज सिंहले ट्याङ्ककरलाई पनि सडकबाट विस्थापित गरिएको बताए । सडक जामको समस्या समाधानका लागि बजार क्षेत्रमा जथाभावि पार्किङ गरिएका सवारी साधनको ह्वील लक गर्ने अभिगानको थालनी गर्दा ट्याङकर लाई व्यवस्थापन गरेको खै ? भन्ने प्रश्न उठ्थालेको थियो, ट्राफिक इन्चार्ज सिंहले भने, ‘अव सडकमा पार्किङ गरिने ट्याङ्करलाई पनि हटाएका छौं, यसले ६ लेन सडकको सवारी दर्घटनालाई कम गर्ने छ, भने सडक खुकुलो हुने छ ।

उनले बजार क्षेत्रमा चल्ने अटो रिक्साका कारण सवारी जामको समस्या बढेको भन्दै त्यसलाई व्यवस्थित गर्न अटोमा जोर, विजोर प्रणाली लागु गरिएको बताए । जोर बिजोर प्रणाली धनगढी चौराहा देखी क्याम्पस रोड सम्म लागु हुने छ । बजार बाहेकका क्षत्रको हकमा भने जोर बिजोर प्रणाली लागु नहुने इन्चार्ज सिंहले बताए । बजार क्षेत्रको सडक जाम हुने समस्या समाधान गर्नका लागि अटोमा जोरबिजोर प्रणाली लागु गरिएको हो, इन्चार्ज सिंहले भने,‘बजार बाहेकका क्षत्रमा जोरबिजोर प्रणाली लागु हुनेछैन, यसमा अटो व्यवसायी पनि सहमत भएका छन् ।

ट्राफिक इन्चार्ज सिंहले ६ लने सडकमा लेन अनुसार सवारी चलाउन पनि अनुरोध गरेका छन् । अहिले सवारी धनिले आफ्नो साईड भन्दा विपरित दिशाबाट पनि सवारी सञ्चालन गर्ने गरेको भन्दै उनले त्यसो गरेको पाइएमा अव कारवाही गरिने बताए ।

सिंह ट्राफिक प्रहरी प्रमुख भएर धनगढी आएसंगै उनले सवारी व्यवस्थापनलाई कडाई गर्दै आएका छन् । सडकमा गरिने ट्याङ्कर पार्किङलाई विस्थापित गर्न सिंहले सक्रियता देखाएका थिएन । उनकै सक्रियताका कारण नेष्टल टे«डिङ हाउसमा ट्याङ्कर पार्किङ गर्ने व्यवस्था गरिएको छ ।