धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीमा घाँटी रेटी युवकको हत्या प्रकरण, फोन रेकर्ड भेटियो

कैलालीमा घाँटी रेटी युवकको हत्या प्रकरण, फोन रेकर्ड भेटियो

धनगढी । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्यापछिको फोन रेकर्ड बाहिरिएको छ । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको हो ।

फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् । फोन रेडर्कमा मनोजले घाटी अलग छ, तपाईँ एक÷दुई दिनमा थाँहा पाउनुहुन्छ । भन्दै मनोजले कुरा गरेको भेटिएको छ । उनले फोनमा आफु नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि उल्ेख गरेका छन् ।

प्रहरीका अनुसार दासको विभत्स ढंगले हत्या गरिएको छ । उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको छ । त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको छ । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते नै तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेकोथियो ।

फोनमा कुरा गरेको अडियो रेकर्ड पाएपछि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । घटनामा कुकु पनि परिचालन गरिएको छ ।

मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन् ।