धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

मनेहरा सामुदायिक वनको अध्यक्षमा पुनः मोति राना चयन

मनेहरा सामुदायिक वनको अध्यक्षमा पुनः मोति राना चयन

धनगढी । धनगढी७ स्थित मनेहरा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा मोति राना थारु पुनः अध्यक्षमा चयन भएका छन् ।

शनिबार भएको अधिवेसनबाट मोति राना थारुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा मैना मल्ल पाण्डे, सचिवमा कविता चन्द्र, सहसचिवमा सत्यराज पाण्डे, कोषध्यक्षमा दिनेश बहादुर सिंह चयन भएका छन् । यसै गरी सदस्यहरुमा थुरा राना, गंगाराम चौधरी, कल्पना साउँद, इन्द्रा राना, रेखादेवी राना, सिपसल्लु राना, मोतिसिंह सुनार र गंगा जोशी चयन भएका छन् ।