धनगढी पोष्ट
बुधबार, १७ असार २०७७ मा प्रकाशित
धनगढी
कैलाली संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी नेपाल सुदूरपश्चिम कमिटी कैलालीले धनगढीमा विरोध प्रदर्शन गरेको छ। जनता समाजवादी पाटी नेपालको केन्द्रीय कार्यक्रम अन्तर्गत सुदूरपश्चिम कमिटीले नागरिकता विधेयकमा सात वर्षे प्रावधान खारेजीको माग गर्दै धनगढीमा विरोध प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
धनगढीको क्याम्पस रोडबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय कैलाली हुँदै मुख्यमन्त्री कार्यालयसम्म पुगेको थियो।
बिरोध कार्यक्रममा बोल्दै जनता समाजवादी पाटी नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण कुमार चौधरीले कोरोना भाइरसको करहले जनता चिन्तित भएको बेला सरकारले क्वारेन्टाईनमा बसेका जनताको उचित ब्यवस्थापन नगरेको र देशमा हत्या हिंसा बढेकोले यसको अन्त्य हुनुपर्नेमा जोड दिनु दिए। नेता चौधरीले कोरोना माहामारीको रुपमा फैलिएको बेला पनि सरकार भ्रष्टाचार गर्न तर्फ लागेको समेत आरोप लगाए। उनले बिभेदकारी नागरिकता ऐन खारेजको समेत माग गरे।
बिरोध प्रदर्शन कार्यक्रममा नागरिकता बिधेयकको बिभेदकारी प्रावधान खारेज गर, लैङ्गिक समानता कायम गर, हत्या हिंसा अन्त्य गर, बैङक तथा बित्तिय संस्थाहरुले लिने ब्याज मिनाह गर, संसद रेशम चौधरी लगातय सम्पूर्ण राजबन्दीहरुको रिहाई, किसानहरुलाइ मलखाद बिउभिजन लगायत कृषी सामाग्रीको ब्यवस्था गर, राष्ट्रघाती महाकाली सन्धी खारेज गर, क्वारेन्टीनमा बसेका सम्पूर्ण जनताको पी.सी.आर. चेक जाँच गर, लिपुलेक लिम्पियाधुरा लगायतका भूमीबाट भारतीय कब्जा मुक्त गर लगायतका नारा लगाइएको थियो ।
उक्त बिरोध कार्यक्रममा जनता समाजवादी पाटी नेपालले मुख्यमन्त्री तथा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।