धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

मदिरा व्यवस्थापन सम्बन्धी छलफल

मदिरा व्यवस्थापन सम्बन्धी छलफल

धनगढी । मदिरा सेवनका कारण समाजिक विक्रिति बढेको भन्दै त्यसाको व्यवस्थापन र निन्त्रणका विषयामा सरोकार वाला निकाय संग छलफल गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा भएको छलफल कार्याक्रममा मदिरा व्यवस्थापन, नियन्त्रण तथा सचेतनाका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मदिराका कारण हिंसा बढ्नथालेको र त्यसलाई सवै मिलेर नियन्त्रण गर्नुपर्ने बताए । उपभेक्ता हित संरक्षण मञ्च, खाद प्रविधि तथा गुण नियनत्रण कार्यालय, प्रहरी लगायतको सहकार्यमा मदिराको प्रयोग कम गर्न सकिने प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले मदिराको प्रयोग बढ्दा सामाजिक हिंसा पनि बढ्ने गरेको बताए । मदिरा सेवन पछि घरेलु हिंसा तथा महिला हिंसा बढी हुनेगरेको उनले बताए । चालु आर्थिक बर्षको पछिल्लो ५ महिनामा २ सय बढी घरेलु हिंसा भएको उजुरी प्रहरी समक्ष आएकोमा धेरै जसो घटना मदिरा सेवन पछि भएको पाइएको उनले बताए । उनले समाजका सवै निकायको साथ र सहयोग पाएमा मदिरा प्रयोगमा कमि ल्याउन सकिने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख नवराज दहालले मदिरा जन्य पदार्थको प्रयोगलाई कम गर्न सकिने बताए । अल्कोहल औषधीमा पनि मिसावट हुनेगरेको बताउादै उनले अल्कोहललाई नियन्त्रण गर्न नसकिने बरु प्रयोगको मात्रालाई कम गर्ने सकिने उनले बताए ।

आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख गौरिशंकर उपाध्यायले राजस्व बढाएर नागरिकलाई मदिरोको प्रयोगबाट टाढा पार्ने प्रयन्त्न गरिएको बताए । हरेक बर्ष मदिरामा कर वृद्धि गर्ने गरिएको बताउँदै कार्यालय प्रमुख उपाध्यायले त्यसको उद्देश्य नागरिकलाई मदिरा सेवन कम गरुन् भन्ने हुने गरेको बताए । छलफल कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका सुदूरपश्चिम प्रदेश सचिव भोजराज जोशीले मदिराका सम्बन्धमा नेपालमा बनेका कानून र त्यसेको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेकाथिए भने, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत जनस्वास्थय महाँशाखाका बरिष्ठ स्वास्थय शिक्षा अधिकृत हेमराज खड्काले मदिरा सेवनबाट स्वास्थ्यमा पर्ने असरका बारेमा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश अध्यक्ष भवानसिंह चलाउनेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन मञ्चका प्रदेश सचिव भोजराज जोशीले गरेका थिए ।