धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

खैरो हिरोइनसहित कञ्चनपुरका एक युवक पक्राउ

खैरो हिरोइनसहित कञ्चनपुरका एक युवक पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका ९ का १९ वर्षीय तुषारराम टमटा ३४ मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका प्रहरीले बताएको छ ।

उनलाई प्रहरी चौकी सुडाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।