धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

तिङ्कर सडक निर्माणको ठेक्का सम्झौता तोडियो

तिङ्कर सडक निर्माणको ठेक्का सम्झौता तोडियो

धनगढी । दार्चुलाको तिङ्कर समम सडक निमाूणका लागि गरिएको ठेक्का सम्झौता रद्द गरिएको छ । ठेकेदार कम्पनिले सडक निर्माणमा लापर्वाही गरेपछि ठेक्का सम्झौता रद्द गरिएको जनाइएको छ ।

तिङ्कर सडक निर्माणको जिम्मा अमरसूर्य जेभी कम्पनीले पाएको थियो । महाकाली नदी किनारैकिनार निर्माणाधीन महाकाली करिडोको काम निक्कै सुस्त भएको र ठेकदारलाई पटकपटक सडक निर्माण कार्यलाई अघि बढाउन आग्रह गर्दा समेत लापर्वाही गरेपछि सम्झौता तोडिएको सरकारी पक्षले जनाएको छ ।

२०७० असार २३ मा सम्झौता भएको दार्चुलाटिंकर सडकमा करिब ९ वर्षमा तीन किलोमिटर मात्र सडकको ट्र्याक खोलिएको छ । यस अवधिमा उक्त ठेक्काको ६ पटक म्याद थप गर्दासमेत निर्माणमा अटेरी गरेपछि ठेक्का तोड्नुपरेको महाकाली करिडोरको बह्मदेवझुलाघाटदार्चुलाटिंकर सडक योजनाका प्रमुख आशुतोष कर्णले बताए ।

समयमै काम गर्न लिखित र मौखिक रूपमा ठेकेदार कम्पनिलाई पटकपटक ताकेता गरेका थियौं,योजना प्रमुख कर्णले भने,‘कहिले मेसिन आउँदै छ भन्ने, कहिले एकदुई दिन काम गर्ने र त्यसपछि काम नगर्ने प्रवृत्ति देखाउन थालेपछि अहिले ठेक्का सम्झौता तोड्नुपरेको हो । उनका अनुसार ठेकदारले ९ वर्षमा ३ किलोमिटर सडकको ट्र्याक मात्रै खोलेको छ ।

सडक निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँग भएको सम्झौता भंग गरिएको र उक्त कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको कर्णले बताए । उक्त ठेक्काको प्रगति ४५ प्रतिशत मात्र देखिएको सडक योजनाले जनाएको छ । कोठेधारदेखि नेपाली सेनाले टिंकर सडकको ट्र्याक खोल्न सुरु गरेको छ ।

उक्त ठेक्काको क्षेत्रमा सेनाले निर्माण सामग्री लैजान सडकको पहुँच नहककुँदा ढुवानीमा समस्या भइरहेको सेनाले जनाएको छ । सुरुमा दार्चुलाटिंकर सडक योजनाको नाममा सडक निर्माण भएको थियो ।