धनगढी पोष्ट
बुधबार, १७ असार २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा धनगढी उपमहानगरपालिकामा ६० बर्षीय १ महिला, कैलारी गाउँपालिकामा ३६ बर्षीय १ पुरुष र दोगडाकेदार गाउपालिकामा २० बर्षीय १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयद्धारा जारी कोरोनाको उपचार र परिक्षण सम्वन्धी सुचनामा कोरोना संक्रमितको संख्या बुधबार दिउसो १ बजेसम्मको भएको जनाइएको छ ।