धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका४ आमफाँटा शिविरका अन्दाजी ४१ बर्षिय शुखराम डगौरा रहेका छन् । विद्युतिय मोटरबाट गहु सिचाई गर्नेक्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकास जोशीले बताए । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रबक्ता जोशीले बताए ।