धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदुर नेपाल  सहकारीले ६ प्रतिशत लाभांश बितरण गर्ने

सुदुर नेपाल  सहकारीले ६ प्रतिशत लाभांश बितरण गर्ने

धनगढी । सुदुर नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  शेयर सदस्यहरुलाई छ प्रतिशत लाभांश दिने भएको छ । सहकारीको शनिबार धनगढीमा भएको आठौं बार्षिक साधारण सभाले  आर्थिक बर्ष २०७७÷२०७८को आयव्यय पारित गर्दै लाभांश बितरण गर्ने निर्णय गरेको हो ।

नयाँ व्यवस्थापनले सहकारी सम्हालेको चौथो बर्षमा नै सहकारीले लाभांश दिन लागेको हो । गत बर्ष उक्त सहकारीले शेयर सदस्यहरुलाई चार प्रतिशत  लाभाश प्रदान गरेको थियो ।

उक्त सहकारीले हालसम्म ८ करोडको कारोवार गरेको छ ।  संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कैलाश दाहालले आर्थिक बर्ष २०७७÷२०७८ मा  ५ करोड लगानी गरेको र २१ लख ८४ हजार मुनाफा आर्जन गरेको बताए । सहकारीले हालसम्म साढे पाँच करोड बचत संकलन गरेको छ ।

सो अवसरमा सुदुरपश्चिम प्रदेशकी आन्तरिक मामिला एवम कानुन मन्त्री पुर्णा जोशीेले समाजमा सहकारीको भुमिका महत्वपुर्ण रहेको भन्दै  सहकारीले सदस्यहरुलाई आर्थिक गतिविधिसँग  जोड्नु पर्ने बताइन् ।

सहकारीका अध्यक्ष कैलाश दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवजीवन सहकारीका अध्यक्ष चक्र बहादुर सिंह, प्राध्यापक डाक्टर हेमराज पनत, पुर्व सांसद महेश्वर पाठकबिबेशील साझा पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष गोपाल हमालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन प्रमुख कार्यकारी अधिकृत चेतराज पनेरुले गरेका थिए ।