धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

सरकारले कर्मचारी माग नगर्दा सुदुरपश्चिममा लोकसेवाले भर्ना खोलेन

सरकारले कर्मचारी माग नगर्दा सुदुरपश्चिममा लोकसेवाले भर्ना खोलेन

धनगढी । सम्पुर्ण तयारी पुरा भए पनि माग  सुदुरपश्चिम सरकारले माग नगर्दा सुदुरपश्चिम  प्रदेश लोकसेवा आयोगले  कर्मचारी भर्ना आव्हन गर्न सकेको छैन ।

हामी सबै तयारी गरेर बसेका छौं । लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले भने  माग आउने बित्तिकै कर्मचारीको आवश्यकता  प्रकाशित गर्ने तयारीमा छौं । 

सचिव बिष्टका अनुसार अहिलेसम्म प्रदेश सरकारले कर्मचारी भर्नाको माग नगरेका कारण तयारी पुगेर पनि कर्मचारी भर्नाको प्रकृया शुरु हुन सकेको छैन । लोकसेवा आयोगले सरकारले माग गरेका पदहरुमा कर्मचारी भर्नाको काम गर्दछ । तर सुदुरपश्चिम सरकारले लोकसेवा आयोगसँग कर्मचारी भर्नाको माग नै गरेका छैन । 

लोकसेवा आयोगले रिक्त कर्मचारीको बिबरण गत साउनदेखि नै पटक पटक माग गरे पनि अझैसम्म  यकिन बिवण सहित  प्रदेश सरकारले कर्मचारी भर्नाको माग गरेको छैन ।

सरकार गठन  भएको चार बर्ष पुगिसक्दा पनि  योजनाको कमजोर कार्यान्वयन कर्मचारी अभावकै कारण भएको प्रदेशका सबै मन्त्रालयलहरुले बताएँदै आएका छन् ।  

सचिव बिष्टले प्रदेश लोकसेवा आयोगको नियमावलीनिर्देशिका, पदाधिकारी, कर्मचारी र बिषय बिज्ञको आचारसंहिता, परिक्षा दस्तुर एवम खर्च मापदण्ड र २३ बिषयका  पाठ्यक्रम समेत तयार पारिसकेको बताए ।  भर्ना खुल्ने बित्तिकै अनलाइन मार्फत नै फर्म भर्नका लागि सबै प्राविधिक तयारी समेत भैसकेको  छ ।

आयोगले त्यसका लागि आफ्नो एप समेत तयार पारिसकेको छ । आयोगले प्राविधिक सहायक चौथो र पाँचौ तहका २३ पाठ्यक्रम समेत तयार पारिसकेको छ । सचिव बिष्टका अनुसार पाठ्यक्रम सुदुरपश्चिमको भुगोल सुहाउँदो निर्माण गरिएको छ ।

सबै प्रदेश र  केन्द्रको पाठ्यक्रमका बिशेषता समेटेर उत्कृष्ठ पाठ्यक्रम बनाईको सचिव बिष्टले बताए । पाठ्यक्रम आयोगको वेबसाइटमा नै हेर्न सकिन्छ । सरकारबाट माग आउने बित्तिकै ती तहको भर्ना खोल्ने आयोगको तयारी छ ।  प्रदेश सरकारका अहिले रिक्त रहेको दरबन्दीमा करिब आधार जति तिनै प्राविधिक  तहका रहेको बताइन्छ ।

अनलाइन सिस्टम बाट नै परिक्षा फर्म भर्न  सक्ने बनाएका छौं । सचिव बिष्टले भने अब एक क्लिक गरेर परिक्षा फर्म भर्न मिल्छ । सरकारले रिक्त रहेका कर्मचारीको यकिन संख्या बताइसकेको छैन । तर सुदुरपश्चिम  सरकारका करिब एक हजार पद रिक्त रहेको अनुमान छ ।

आयोगले गत भदौमा नै कर्मचारी भर्नाको आव्हान गर्ने तयारी गरेको थियो । तर कर्मचारी भर्नाको माग नआउँदा अहिलेसम्म भर्ना प्रकृया आयोगले अघि त्रढाएको छैन ।

सुदुरपश्चिम लोकसेवा आयोग ऐनमा प्रदेश सरकारले माग गरेको पदमा लोकसेवा आयोगले कर्मचारी भर्ना प्रकृया  शुरु गर्नु पर्ने व्यवस्था गरिएको छ ।  आयोगले पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माणको कामका लागि रोष्टर निर्माणका लागि  बिषय बिज्ञ र बिशेषज्ञहरुको सुची तयार गरिसकेको छ ।

 सरकारबाट कर्मचारी भर्नाका माग आएपछि कुन तहको बिज्ञापन कुन महिनामा गर्ने, कुन महिनामा परिक्षा सञ्चालन गर्र्ने, कुन महिना अन्तरवार्ता लिने र  कुन महिनामा सिफारिश भनेर बार्षिक कार्यतालिका  नै सावैजनिक गर्न तयारी रहेको सचिव बिष्टले बताए ।

सुदुरपश्चिम सरकारले  २०७७ चैतमा लोकसेवा आयोगको गठन गरेको थियो ।  गठन भएदेखि नै काम अघि बढाएको आयोगले आवश्यक सबै प्रकृया पुरा गरेर कर्मचारी भर्ना गर्ने तयारी गरेको हो ।

आयोगलाई  प्रदेश निजामति कर्मचारी, प्रदेश प्रहरी, प्रदेशका अन्य सरकारी सेवा, प्रदेश संगठित सेवाप्रदेशका स्थानीय तहका कर्मचारी र प्रदेशका स्थानीय तहका संगठित संस्थाका कर्मचारी भर्ना गर्ने जिम्मेवारी  दिइएको  छ ।

प्रदेशमा रहेका २२ स्थानीय तहले समेत आफ्नो पालिकामा रहेका रिक्त दरबन्दी बिबरण पठाएका छैनन् । नपठाएका पालिकाहरुलाई  रिक्त दरबन्दी बिबरण पठाउन  पत्र पठाइसकिएको आयोगका सचिव बिष्टले बताए । 

स्थापनकालादेखि नै सुदुरपश्चिम प्रदेशमा कर्मचारीहरुको अभाव रहेको छ । दरबन्दीका पदहरु रिक्त रहदा प्रदेश सरकारको काम पनि प्रभावित हुदै आएको छ । अहिलेसम्म संघीय लोकसेवा आयोगले पदपुर्ति गरेका र संघीय सरकारले प्रदेशमा खटाएका कर्मचारी र प्रदेश सरकारले करारममा नियुक्त गरेका कर्मचारीका  आधारमा सुदुरपश्भिम प्रदेश सञ्चालन भैरहेको छ ।