धनगढी पोष्ट
सोमबार, १२ पुष २०७८ मा प्रकाशित
धनगढी । अवैध रुपमा नदी जन्य पदार्थ बालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले कञ्चनपुरको मछली नदीबाट दुई ट्याक्टर नियन्त्रणमा लगेको छ ।
इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलीले से१त ६५८९ र सु.प.प्र.०२–००१ त १४१९ नम्बरका २ ट्र्याक्टर लाई कृष्णपुर नगरपालिका–२ र ५ मा पर्ने मछली खोलाबाट अवैरु रुपमा बालुवा उत्खनन् गरिरहेको अवसथामा नियन्त्रणमा लगेको हो ।
नियमि विपरित मछली खोला नदीस्थित पूर्व–पश्चिम राजमार्गलाई जोड्ने पुल नजिकै उक्त पुललाई असर पर्नेगरी बालुवा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिगेको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारबाहीका लागि कृष्णपुर नगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।